मंगलबार २७ असोज २०८३
बिजनेस

ग्लोबल आइएमई बैंक ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

सोमबार असोज २६, २०८३/ Monday 10-12-26

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई विधामा सम्मानित भएको छ। डिजिटल वित्तीय भुक्तानी प्रणालीको विकास र प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।

बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको हो। बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत अन्तरबैंक रकम स्थानान्तरण तथा फोनपे क्यूआर भुक्तानीमा उच्च कारोबार गर्न सफल भएकाले बैंकलाई यी अवार्ड प्रदान गरिएको जनाइएको छ।

बैंकले आफ्ना ग्राहकलाई सुरक्षित, सहज र भरपर्दो डिजिटल भुक्तानी सेवा उपलब्ध गराउँदै आएको छ। मोबाइल बैंकिङमार्फत खाताबाट रकम स्थानान्तरण तथा क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिने सुविधाले ग्राहकलाई डिजिटल कारोबारमा सहजता प्रदान गरेको बैंकको भनाइ छ।

डिजिटल बैंकिङ सेवाप्रति ग्राहकको बढ्दो आकर्षण र नवीन सेवाको विस्तारले यो उपलब्धि हासिल गर्न सहयोग पुगेको बैंकले जनाएको छ। बैंकले आगामी दिनमा पनि डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण र विद्युतीय भुक्तानी प्रणालीको विस्तारलाई प्राथमिकता दिँदै नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

तपाईको प्रतिक्रिया