काठमाडौँ । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ। सोमबार दिउँसो काठमाडौँको नैकापस्थित आफ्नै निवासमा असहज महसुस गरेपछि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो।
नेकपा संयुक्तका प्रवक्ता दामोदर अर्यालका अनुसार पौडेललाई हृदयाघात भएको चिकित्सकले बताएका छन्। घरमै असहज भएपछि उनलाई फेक्ट नेपालद्वारा सञ्चालित नेपाल बर्न अस्पताल लगिएको थियो। अस्पताल पुग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
पौडेल पुराना कम्युनिस्ट नेता मोदनाथ प्रश्रितका छोरा हुन्। उनका श्रीमती, एक छोरा र एक छोरी छन्। उनी जनता टेलिभिजनका सञ्चालकसमेत थिए।
तपाईको प्रतिक्रिया