भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ, सुरक्षा सहकार्यमा छलफल हुने
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सहभागी हुन सोमबार भारत प्रस्थान गरेका छन्।
नयाँदिल्लीमा असोज २७ गते आयोजना हुने बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी भारत गएका हुन्।
बैठकमा नेपालसहित भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन्।
सन् १९९७ मा स्थापना भएको बिमस्टेकअन्तर्गत पहिलोपटक गृहमन्त्रीस्तरीय बैठक आयोजना हुन लागेको हो। बैठकमा सदस्य राष्ट्रबीच सुरक्षा सहकार्य, आतंकवाद नियन्त्रण तथा सीमापार अपराध न्यूनीकरणलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय गृहमन्त्री अमित शाहसहित अन्य सदस्य राष्ट्रका समकक्षीसँग पनि द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ। उनी असोज २८ गते स्वदेश फर्कने तालिका छ।
तपाईको प्रतिक्रिया