बिजनेस
विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले ब्याङ्कक प्रस्थान
मंगलबार असोज २७, २०८३/ Tuesday 10-13-26
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी ब्याङ्कक प्रस्थान गरेका छन्।
विश्वका विभिन्न देशका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा भाग लिने कार्यक्रम रहेको छ।
अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि ब्याङ्कक गएका छन्।
अर्थमन्त्री वाग्ले कात्तिक ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
तपाईको प्रतिक्रिया