बुधबार २८ असोज २०८३
राजनीति

गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता, सुरक्षा सहकार्य सुदृढ गर्ने विषयमा छलफल

मंगलबार असोज २७, २०८३/ Tuesday 10-13-26

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ। प्रथम बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा भएको भेटमा नेपाल–भारतबीचको सुरक्षा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।

भेटवार्तामा सीमा व्यवस्थापनमा समन्वय बढाउने, सीमापार अपराध नियन्त्रण गर्ने तथा विपद् व्यवस्थापन, पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने विषयलाई प्राथमिकता दिइएको थियो।

भारतस्थित नेपाली राजदूतावासका अनुसार भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालमा हालै आएको बाढी तथा पहिरोपछि भारतले उपलब्ध गराएको समयसापेक्ष सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए।

उनले सार्वभौम समानता, आपसी सम्मान र विश्वासका आधारमा नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए। साथै, दुवै देशका जनताको हितका लागि व्यावहारिक सहकार्यलाई अझ विस्तार गर्नुपर्ने धारणा राखेका थिए।

 

तपाईको प्रतिक्रिया