राजनीति
आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल
मंगलबार असोज २७, २०८३/ Tuesday 10-13-26
काठमाडौं । सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। उनी असोज १८ गते नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तान्जानिया प्रस्थान गरेका थिए।
तान्जानियाको अरुशा सहरमा आयोजित महासभामा सभामुख अर्यालले ‘समावेशिता, विश्वास र अवसरमार्फत सुशासन प्रवर्द्धन तथा समुदायको सशक्तीकरण’ विषयक सामान्य छलफलमा नेपालको धारणा प्रस्तुत गरेका थिए।
महासभाका क्रममा नेपालले आपत्कालीन कार्यसूचीअन्तर्गत ‘अर्जेन्ट पार्लियामेन्ट्री एक्सन’ लगायतका विषयमा समेत आफ्नो धारणा राखेको थियो।
अन्तरव्यवस्थापिका संघको महासभामा विभिन्न देशका संसदीय प्रतिनिधिमण्डल सहभागी भई विश्वव्यापी संसदीय सहकार्य, सुशासन र समसामयिक विषयमा छलफल गर्ने गर्छन्।
तपाईको प्रतिक्रिया