बुधबार २८ असोज २०८३
राजनीति

कांग्रेस सहमहामन्त्री (महिला) मा प्रतिमा गौतम निर्वाचित

मंगलबार असोज २७, २०८३/ Tuesday 10-13-26

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सहमहामन्त्री (महिलातर्फ) पदमा प्रतिमा गौतम निर्वाचित भएकी छन्। गौतम ५ हजार ११६ मत प्राप्त गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन्।

यस पदका लागि गौतम र नानुमैया बास्तोलाबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचन परिणामअनुसार बास्तोलाले १ हजार ५५४ मत प्राप्त गरिन्।

प्रतिस्पर्धामा गौतम र बास्तोला दुवै गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका थिए।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि पदाधिकारी तथा केन्द्रीय सदस्य पदमा निर्वाचन प्रक्रिया सञ्चालन गरिएको हो।

 

तपाईको प्रतिक्रिया