बिहीबार २९ असोज २०८३
राजनीति

१३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सम्पन्न

बुधबार असोज २८, २०८३/ Wednesday 10-14-26

काठमाडौं । विभिन्न १३ देशका लागि सरकारले सिफारिस गरेका राजदूतहरूको संसदीय सुनुवाइ सम्पन्न भएको छ। सुनुवाइ सकिए पनि प्रस्तावित राजदूतहरूलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय संसदीय सुनुवाइ समितिले गर्न बाँकी छ।

गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो। सरकारले सिफारिस गरेका व्यक्तिहरूमाथि समितिले सुनुवाइ प्रक्रिया पूरा गरेको हो।

सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई राजदूतमा सिफारिस गरेको छ।

त्यसैगरी, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार सिफारिस भएका छन्।

अब संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको अनुमोदनसम्बन्धी निर्णय गरेपछि नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।

 

तपाईको प्रतिक्रिया