बिहीबार २९ असोज २०८३
राजनीति

राष्ट्रपति पौडेलसमक्ष पाँच देशका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

बुधबार असोज २८, २०८३/ Wednesday 10-14-26

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच देशका नवनियुक्त राजदूतहरूले ओहदाको प्रमाणपत्र पेस गरेका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा युरोपेली सङ्घका आवासीय राजदूत चार्ल्स ह्वाइटलीसहित पाँच देशका राजदूतले प्रमाणपत्र पेस गरेका हुन्।

प्रमाणपत्र पेस गर्नेमा इन्डोनेसियाकी लिस्टियोवाती, घानाका कोजो बोन्सु, सुडानका डा. मोहम्मद अब्दुल्ला अली एल्तोम र ब्रुनाई दारुसलामकी सिटी आर्निफारोजा बिन्ती हाजी मोह्द जैनी रहेका छन्। उनीहरूले नेपालका लागि गैरआवासीय राजदूतका रूपमा ओहदाको प्रमाणपत्र पेस गरेका हुन्।

समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो। नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटस्थित निवासबाट राष्ट्रपति भवन शीतलनिवाससम्म रिसल्लासहितको बग्गीमा सवार गराएर लगिएको थियो।

 

तपाईको प्रतिक्रिया