बुधबार ४ कार्तिक २०८३
राजनीति

विज्ञान र प्रविधिको विकासका लागि नयाँ कानुन बनाउँदै सरकार

मंगलबार कार्तिक ३, २०८३/ Tuesday 10-20-26

चितवन । विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ।

भरतपुरमा स्थानीयवासीसँग आयोजित अन्तरक्रियामा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले प्रविधिको विकास र कानुनी सुधारमार्फत मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने बताएका हुन्।

मन्त्री पुनले नयाँ मन्त्रालय भएकाले कानुनी तथा संरचनागत चुनौती देखिए पनि अध्यादेशमार्फत कानुनी बाटो खोलिएको र अब अनुसन्धान तथा नवप्रवर्तनका कामलाई तीव्रता दिइने बताए।

मन्त्री गौतमले सुशासन र विकासका लागि आवश्यक कानुन छिट्टै निर्माण गरिने बताइन्। उनका अनुसार सरकारले १६५ वटा कानुन निर्माणको लक्ष्यसहित संसद्मा विवरण बुझाइसकेको छ भने ५४ वटा कानुनका मस्यौदा मन्त्रिपरिषद्मा पेस भइसकेका छन्।

उनले नवप्रवर्तनसम्बन्धी कानुन पनि छिट्टै संसद्मा प्रस्तुत गरिने जानकारी दिइन्।

 

तपाईको प्रतिक्रिया