बुधबार ११ कार्तिक २०८३
खेलकुद

एनपीएलमा चितवन राइनोजको विजयी सुरुवात, विराटनगर ८ रनले पराजित

मंगलबार कार्तिक १०, २०८३/ Tuesday 10-27-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको दोस्रो खेलमा चितवनले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो ।

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो । विराटनगरका ओपनर इमरान शेखले ३९, आन्द्रे रसेलले ३३ र लोकेश बमले २६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

विराटनगरका कप्तान सन्दीप लामिछानेसहित प्रतिश जिसी र रुपेश सिंहले खाता खोल्न सकेनन् ।

चितवनका कमलसिंह ऐरीले सर्वाधिक चार विकेट लिए । रिजन ढकालले दुई विकेट लिँदा रञ्जन कुमार, टम टेलर, डान मुस्ले र मौसम ढकालले समान एक विकेट हात पारे ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो ।

चितवनका लागि डाविड मलानले सर्वाधिक ७० रनको योगदान दिए । ५० बल खेलेका उनले पाँच चौका र पाँच छक्का प्रहार गरे । कप्तान रवि बोपाराले ३२ तथा डान मुस्लेले २९ रन जोडे।

विराटनगरका एन्जेलो म्याथ्युज, चरिथ असलंका र आन्द्रे रसेलले समान एक विकेट लिए ।

 

तपाईको प्रतिक्रिया