काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज बुधबार सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा हुने खेल अपराह्न ४ः३० बजे सुरु हुनेछ ।
एनपीएलका अघिल्ला दुई संस्करणमा सुदूरपश्चिमले पोखरालाई दुवै खेलमा पराजित गरेको थियो । त्यसैले आजको खेलमा पोखरा पुरानो नतिजा उल्ट्याउँदै जित निकाल्ने लक्ष्यमा हुनेछ । यता, सुदूरपश्चिम भने पोखराविरुद्धको अपराजित यात्रा कायम राख्ने योजनामा मैदान उत्रिनेछ ।
सुदूरपश्चिम रोयल्सको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । टोलीमा विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे, नरेन साउद, हेमन्त धामी, मिलन बोहरा, दीपक बोहरा, टेकबहादुर रावत, हिक्मत महरा, अनिल खरेल, आयुव चन्द, सचिन भट्ट र टेकराज थलाल छन् ।
टोलीका विदेशी खेलाडीमा शेरफेन रदरफोर्ड, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन र फेबियन एलेन रहेका छन् ।
यस्तै, पोखरा एभेन्जर्सको कप्तानी कुशल भुर्तेलले गर्नेछन् । पोखराको टोलीमा दिनेश खरेल, सागर ढकाल, अर्जुन कुमाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, अर्जुन घर्ती, सुदीप अर्याल, विवेक रानामगर, सन्नी विक, प्रतीक पोखरेल र विपिन आचार्य छन् ।
पोखराका विदेशी खेलाडीमा शाकिब अल हसन, मेहदी हसन, मोहम्मद सैफुद्दिन, चमिका करुणारत्ने र धनञ्जय लक्षान रहेका छन् ।
आठ टोली सहभागी प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै, उपविजेताले ८० लाख रुपैयाँ पाउनेछ ।
तपाईको प्रतिक्रिया