बुधबार ११ कार्तिक २०८३
खेलकुद

एनपीएलमा जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

मंगलबार कार्तिक १०, २०८३/ Tuesday 10-27-26

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्सले एकै ओभरमा दुई विकेट गुमाएको छ।

खेलको १६औँ ओभरमा युनिस ठकुरीले लगातार दुई बलमा जिम्मी निशम र आदित्य महतालाई आउट गरेपछि जनकपुर दबाबमा परेको छ।

निशमले १४ बलमा १५ रन बनाए भने आदित्य महता खाता नखोली आउट भए।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको थियो।

कर्णालीका लागि आरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलको सामना गर्दै चार छक्का प्रहार गरे।

त्यस्तै, पवन सर्राफले ३७ बलमा ३७ रन जोडे। उनले आफ्नो इनिङ्समा तीन छक्का प्रहार गरे।

बलिङतर्फ जनकपुरका हर्मित सिंहले तीन विकेट लिए। राहुल यादव र मोइन अलीले समान दुई–दुई विकेट हात पारे भने ललित राजवंशीले एक विकेट लिए।

 

तपाईको प्रतिक्रिया