बुधबार ११ कार्तिक २०८३
खेलकुद

कर्णाली याक्ससँग जनकपुर बोल्ट्स १९ रनले पराजित

मंगलबार कार्तिक १०, २०८३/ Tuesday 10-27-26

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको छ।

कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमा समेटियो।

जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। मोइन अली र हर्मित सिंहले समान १९ रन जोडे।

कर्णालीका युनिस ठकुरी र हुसेन तलातले समान तीन विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान एक विकेट हात पारे।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको थियो।

कर्णालीका लागि आरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा चार छक्का प्रहार गरे। त्यस्तै, पवन सर्राफले ३७ बलमा ३७ रन जोडे। उनले तीन छक्का प्रहार गरे।

जनकपुरका हर्मित सिंहले तीन विकेट लिए। राहुल यादव र मोइन अलीले समान दुई विकेट लिँदा ललित राजवंशीले एक विकेट हात पारे।

 

तपाईको प्रतिक्रिया