बुधबार ११ कार्तिक २०८३
खेलकुद

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

मंगलबार कार्तिक १०, २०८३/ Tuesday 10-27-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई १३३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको हो ।

कर्णालीका लागि आरिफुल इस्लामले सर्वाधिक ४३ रनको योगदान दिए । उनले २९ बलको सामना गर्दै चार छक्का प्रहार गरे ।

त्यस्तै, पवन सर्राफले ३७ बलमा ३७ रन बनाए । उनको इनिङ्समा तीन छक्का समावेश थियो ।

जनकपुरका बलरमध्ये हर्मित सिंहले सर्वाधिक तीन विकेट लिए । राहुल यादव र मोइन अलीले समान दुई–दुई विकेट हात पार्दा ललित राजवंशीले एक विकेट लिए ।

१३३ रनको लक्ष्य पछ्याउँदै कर्णाली याक्स जितका लागि मैदानमा उत्रिएको छ ।

तपाईको प्रतिक्रिया