एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा लुम्बिनी र जनकपुर भिड्दै
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेल नेपाली समयअनुसार सञ्चालन हुनेछन्।
आजको पहिलो खेल दिउँसो १२:३० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच हुनेछ।
तीन खेल खेलेको लुम्बिनीले दुई जित र एक खेलमा अंक बाँड्दै पाँच अंक जोडेको छ। अंकतालिकाको शीर्ष स्थानमा रहेको अपराजित लुम्बिनी आज चौथो जितको खोजीमा मैदान उत्रिनेछ।
यता चार खेल खेलेको जनकपुरले दुई जित र दुई हारसहित चार अंक जोडेको छ। तालिकाको चौथो स्थानमा रहेको जनकपुर आज तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ।
त्यस्तै, आजै साँझ ५:०० बजे काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच दोस्रो खेल हुनेछ।
दुई खेल खेलेको काठमाडौंले एक जित र एक हार बेहोरेको छ। दुई अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको काठमाडौं आज दोस्रो जित निकाल्ने योजनामा हुनेछ।
अर्कोतर्फ, सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स चार खेलमा दुई जित निकाल्दै चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ। विराटनगर आज पाँचौँ खेलमा तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।
तपाईको प्रतिक्रिया