समाज
गोकर्णेश्वरमा प्रहरीको गोली लागेर डलर ठगीमा संलग्न सुजन तामाङ पक्राउ
बिहीबार कार्तिक १९, २०८३/ Thursday 11-05-26
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गाम्चामा प्रहरीले गोली चलाएर लुटपाट तथा डलर ठगीमा संलग्न एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३१ वर्षीय सुजन तामाङ रहेका छन्। उनी सुन लुटपाट तथा डलर ठगीका घटनामा संलग्न रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार तामाङले सस्तो मूल्यमा डलर साटिदिने प्रलोभन देखाएर लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ गर्ने क्रममा प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो। त्यसपछि पनि प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि तामाङको घुँडामुनि गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप जानकारी दिन प्रहरीले भोलि पत्रकार सम्मेलन गर्ने जनाएको छ।
तपाईको प्रतिक्रिया