बुधबार १८ कार्तिक २०८३
राजनीति

नवनियुक्त आईजीपी डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने

बुधबार कार्तिक १८, २०८३/ Wednesday 11-04-26

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने भएका छन् ।

केसीले केहीबेरपछि गृह मन्त्रालयमा दर्ज्यानी चिह्न (फूली) ग्रहण गरेसँगै प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्ने कार्यक्रम तय भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सरकारले यसअघि प्रहरी महानिरीक्षक रहेका दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै केसीलाई नयाँ प्रहरी प्रमुख बनाएको हो । कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ ।

सरकारको निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन भएको छ ।

 

तपाईको प्रतिक्रिया