बिहीबार १९ कार्तिक २०८३
राजनीति

प्रधानमन्त्री शाहले लिए सुरक्षा अवस्थाबारे ब्रिफिङ, समन्वय प्रभावकारी बनाउन निर्देशन

बिहीबार कार्तिक १९, २०८३/ Thursday 11-05-26

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल तथा ब्रिफिङ गरेका छन्।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार चाडपर्वको समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्ने तथा देशभरको शान्ति–सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा सुरक्षा निकायका प्रमुखहरूले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

सो क्रममा प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच आवश्यक समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई थप मजबुत बनाउन निर्देशन दिएका छन्।

नागरिकको जीउधनको सुरक्षामा कुनै किसिमको कमजोरी हुन नदिन तथा सम्भावित आपराधिक गतिविधि नियन्त्रणमा प्रभावकारी कदम चाल्न पनि प्रधानमन्त्रीले सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

तपाईको प्रतिक्रिया