समाज
निवर्तमान आईजीपी दानबहादुर कार्की सर्वोच्चमा, सरकारविरुद्ध रिट दर्ताको तयारी
बिहीबार कार्तिक १९, २०८३/ Thursday 11-05-26
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन्।
आफूमाथि अन्याय भएको दाबी गर्दै कार्कीले कानुनी उपचारका लागि सर्वोच्चमा रिट निवेदन पेश गर्न लागेका हुन्। उनका तर्फबाट अधिवक्ताहरू सर्वोच्च अदालत पुगेका छन्।
कार्कीका कानुनी प्रतिनिधि अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार रिट दर्ताको प्रक्रियामा रहेको छ। सर्वोच्च अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछि रिट दर्ता हुने वा नहुनेबारे निर्णय हुनेछ।
सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। त्यसपछि कार्कीले उक्त निर्णयविरुद्ध अदालतको ढोका ढकढक्याएका हुन्।
यसअघि सरकारले प्रहरी महानिरीक्षकको जिम्मेवारी डा. मनोज केसीलाई दिएको थियो।
तपाईको प्रतिक्रिया