मंगलबार १७ कार्तिक २०८३
राजनीति

गगन थापा नेतृत्वको कार्यसमितिलाई अध्यावधिकका लागि कांग्रेसले आयोगमा दियो निवेदन

सोमबार कार्तिक १६, २०८३/ Monday 11-02-26

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिलाई आधिकारिक रूपमा अद्यावधिक गर्न निर्वाचन आयोगमा विवरण बुझाएको छ ।

सोमबार महामन्त्री प्रदीप पौडेलले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई नयाँ केन्द्रीय कार्यसमितिको विवरण हस्तान्तरण गरेका हुन् ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार पौडेलले कार्यसमितिको विवरणसहित पार्टीका विभिन्न दस्तावेज पनि आयोगमा पेस गरेका छन् ।

आयोगमा बुझाइएका दस्तावेजमा पार्टीको संशोधित विधान, महाधिवेशनबाट पारित राजनीतिक तथा समसामयिक राजनीतिक दस्तावेज र महाधिवेशनका निर्णयहरू समावेश छन् ।

तपाईको प्रतिक्रिया