बिहीबार १९ कार्तिक २०८३
बिजनेस

तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले आज र भोलि सुनको असर्फी र चाँदीका सिक्का बेच्ने

बिहीबार कार्तिक १९, २०८३/ Thursday 11-05-26

काठमाडौं। नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै आज र भोलि दुई दिन सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री गर्ने भएको छ।

राष्ट्र बैंकले सूचना जारी गर्दै बबरमहलस्थित टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका सिक्का बिक्री वितरण गर्न लागेको जनाएको हो।

राष्ट्र बैंकका अनुसार एक व्यक्तिले साढे २ ग्रामको सुनको असर्फी एक थान खरिद गर्न सक्नेछन्। त्यस्तै, १० ग्रामका लक्ष्मी र गणेश अङ्कित चाँदीका सिक्का एक–एक थानका दरले बढीमा दुई थानसम्म किन्न पाइनेछ।

असर्फी तथा सिक्का खरिद गर्न चाहने सेवाग्राहीले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म टक्सार महाशाखामा उपस्थित हुनुपर्नेछ।

खरिदकर्ताले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर उल्लेख भएको अन्य आधिकारिक परिचय खुल्ने कागजातको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

सिक्का तथा असर्फीको भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने व्यवस्था गरिएको छ

 

तपाईको प्रतिक्रिया