खेलकुद
जनकपुरविरुद्ध लुम्बिनीले दियो १५० रनको लक्ष्य, रोहित पौडेलको सर्वाधिक ३४ रन
बिहीबार कार्तिक १९, २०८३/ Thursday 11-05-26
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाएको हो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । निरोशन डिकवेलाले २७, दिलीप नाथले २५ र आशिफ शेखले २१ रनको योगदान दिए ।
त्यस्तै, रुबेन ट्रम्पलमनले १५ तथा शमिम हुसेनले १३ रन जोडे।
जनकपुरका बलर राहुल यादव र विशाल सुशलिङले समान २–२ विकेट लिए । हरमित सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट हात पारे ।
अब जनकपुरले जितका लागि २० ओभरमा १५० रन बनाउनुपर्नेछ
तपाईको प्रतिक्रिया