माैसम
काठमाडौंमा ६ घण्टामै ३१.२ मिलिमिटर वर्षा, १३ जिल्लामा पानी
बुधबार कार्तिक २५, २०८३/ Wednesday 11-11-26
काठमाडौँ । काठमाडौं उपत्यकामा बुधबार छोटो समयमै असिनासहित भारी वर्षा भएको छ। पछिल्लो ६ घण्टामा काठमाडौंमा ३१.२ मिलिमिटर वर्षा मापन गरिएको छ।
अचानक भएको वर्षाका कारण केही समय काठमाडौंका उडानसमेत प्रभावित भएका थिए। मौसम पूर्वानुमान महाशाखाले हल्कादेखि मध्यम वर्षाको अनुमान गरे पनि उपत्यकाका केही स्थानमा असिनासहित भारी वर्षा भएको हो।
महाशाखाका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लासहित इलाम, संखुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, म्याग्दी, गुल्मी र रोल्पामा वर्षा भएको छ।
अन्य जिल्लामा भने हल्का वर्षा भएको जनाइएको छ। हाल संखुवासभामा वर्षा जारी रहे पनि अन्य क्षेत्रमा वर्षा रोकिएको छ।
तपाईको प्रतिक्रिया