मंगलबार १ मङ्सिर २०८३
समाज

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन

सोमबार कार्तिक ३०, २०८३/ Monday 11-16-26

इनरुवा । सुनसरीको इनरुवास्थित कुरुवा खोलामा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ ।

छठ पर्वको अन्तिम दिन आज बिहानैदेखि व्रतालुहरू कुरुवा खोलाको किनारमा भेला भएर श्रद्धा र भक्तिपूर्वक सूर्यदेवको पूजा आराधना गरेका छन् । उनीहरूले उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् ।

चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छठ पर्व औपचारिक रूपमा समापन भएको हो।

 

तपाईको प्रतिक्रिया