मंगलबार १ मङ्सिर २०८३
राजनीति

परराष्ट्रमन्त्री खनाल र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

सोमबार कार्तिक ३०, २०८३/ Monday 11-16-26

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटमा मन्त्री खनालले राजदूत दलेलालाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल र फलदायी कार्यकालको शुभकामना व्यक्त गरेका छन्। मन्त्री खनालको सचिवालयका अनुसार भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो।

त्यस अवसरमा दुवै देशबीच लामो समयदेखि कायम रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत विचारविमर्श भएको जनाइएको छ।

 

तपाईको प्रतिक्रिया