मंगलबार १ मङ्सिर २०८३
समाज

कावासोतीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते

सोमबार कार्तिक ३०, २०८३/ Monday 11-16-26

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे कावासोती नगरपालिका–११ स्थित लोकाहामा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार चालकले बसमाथिको नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका सबै यात्रुको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बस घटनास्थलमै रहेको र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया