बुधबार २ मङ्सिर २०८३
खेलकुद

एनपीएल : फाइनल प्रवेशका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

मंगलबार मङ्सिर १, २०८३/ Tuesday 11-17-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा पहिलो फाइनलिस्टको टुङ्गो आज लाग्दैछ। पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ः३० बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै सिधै फाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेका दुवै टोलीका लागि फाइनल पुग्ने यो पहिलो अवसर हो। आजको खेल जित्ने टोलीले उपाधिका लागि फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को मौका पाउनेछ।

लिग चरणको प्रदर्शनका आधारमा लुम्बिनी केही बलियो देखिएको छ। दुवै टोलीले समान पाँच खेलमा जित निकाले पनि सुदूरपश्चिमले दुई खेलमा पराजय भोगेको थियो। त्यसैले आजको प्रतिस्पर्धा दुवै टोलीका लागि आफ्नो क्षमता प्रमाणित गर्ने महत्वपूर्ण अवसरसमेत हुनेछ।

 

तपाईको प्रतिक्रिया