काठमाडौं । भाटभटेनी सुपरस्टोरको टंगालस्थित शाखा आजदेखि चौबिसै घण्टा सञ्चालनमा आउने भएको छ। ग्राहकलाई दिनरात जुनसुकै समयमा पनि किनमेल गर्न सहज होस् भन्ने उद्देश्यले शाखालाई २४ घण्टा खुला राख्न लागिएको कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार यसअघि भक्तपुरको राधेराधे शाखाबाट चौबिसै घण्टा सेवा सञ्चालनमा ल्याइएको थियो। टंगाल शाखामा पनि आजदेखि यही सेवा विस्तार गर्न लागिएको हो।
जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट पूर्णरूपमा क्षतिग्रस्त बनेको टंगाल शाखा पुनर्निर्माणपछि गत असोज ५ गतेदेखि पुनः सञ्चालनमा आएको थियो।
हाल भाटभटेनीले देशका विभिन्न स्थानमा २७ वटा स्टोर सञ्चालन गर्दै आएको छ।
तपाईको प्रतिक्रिया