फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको क्वालिफायर–१ मा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले फाइनलमा स्थान सुरक्षित गरेको हो।
सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर १०८ रन बनाउँदै पूरा गर्यो।
लुम्बिनीको जितमा नरोशन डिकवेलाले उत्कृष्ट ब्याटिङ गरे। उनले ३७ बलमा ७ चौका र २ छक्कासहित अविजित ५९ रन बनाए। कप्तान रोहित पौडेलले २१ रन तथा दिलीप नाथले अविजित १० रनको योगदान दिए। सुन्दीप जोराले ८ रन बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन बनाएको थियो।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए। उनले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। इशान पाण्डेले २७ रन बनाए।
लुम्बिनीका रुबेन ट्रम्पेलम्यान र शेर मल्लले समान २ विकेट लिए भने किशोर महतो, अभिषेक गौतम र सुन्दीप जोराले समान १ विकेट लिए।
यस जितसँगै लुम्बिनी पहिलो पटक एनपीएलको फाइनलमा पुगेको छ। सुदूरपश्चिमले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।
तपाईको प्रतिक्रिया