सोमबार ७ मङ्सिर २०८३
राजनीति

भैरहवाको हवाई रुट दुईतर्फी बनाउन भारत सहमत, अन्तर्राष्ट्रिय उडानलाई सहज हुने

सोमबार मङ्सिर ७, २०८३/ Monday 11-23-26

काठमाडौं । भारतले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटलाई दुईतर्फी बनाउन सहमति जनाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच भएको सहमतिअनुसार हाल एकतर्फी रहेको काठमाडौं–भैरहवा–लखनऊ (बी३४५) हवाई मार्गलाई दुईतर्फी बनाइने भएको हो।

नेपाल र भारतले जारी गरेको संयुक्त वक्तव्यमा यससम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्न प्राविधिक परामर्श गर्ने उल्लेख छ।

यो सहमतिसँगै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान सञ्चालन थप सहज हुने अपेक्षा गरिएको छ। साथै, नेपाल आउने अन्तर्राष्ट्रिय विमानको उडान दूरी र समय घट्दा हवाई भाडासमेत कम हुन सक्ने सम्भावना छ।

यद्यपि, महेन्द्रनगर र जनकपुरको हवाई रुटका विषयमा भने दुई देशबीच अझै सहमति जुट्न सकेको छैन।

 

तपाईको प्रतिक्रिया