समाज
ताप्लेजुङ–तिब्बत सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प
मंगलबार मङ्सिर ८, २०८३/ Tuesday 11-24-26
काठमाडौँ। ताप्लेजुङको ओलाङचुङगोला र चीनको तिब्बत सीमा आसपास केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो।
भूकम्पको धक्का ताप्लेजुङसहित आसपासका क्षेत्रमा महसुस गरिएको थियो। भूकम्पबाट भएको सम्भावित क्षतिबारे भने हालसम्म कुनै विवरण प्राप्त भएको छैन।
तपाईको प्रतिक्रिया