बिजनेस
एनएमबी बैंकलाई भिजा लिडरसिप कन्क्लेभमा दुई प्रतिष्ठित अवार्ड
मंगलबार मङ्सिर ८, २०८३/ Tuesday 11-24-26
काठमाडौँ । एनएमबी बैंक लिमिटेडले भिजा लिडरसिप कन्क्लेभमा दुई महत्त्वपूर्ण अवार्ड प्राप्त गरेको छ।
डिजिटल भुक्तानी तथा ग्राहकमुखी बैंकिङ सेवामा पुर्याएको योगदानको कदर गर्दै बैंकलाई ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन कन्जुमर डेबिट कार्ड बिजनेस–प्रिन्सिपल क्लाइन्ट अवार्ड’ प्रदान गरिएको हो।
बैंकका अनुसार यी सम्मानले डिजिटल बैंकिङ तथा भुक्तानी सेवालाई अझ सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने प्रयासलाई थप प्रोत्साहन गरेको छ।
एनएमबी बैंकले आधुनिक डिजिटल बैंकिङ सेवा र भरपर्दो डेबिट कार्डमार्फत ग्राहकलाई सहज, छिटो तथा सुरक्षित वित्तीय कारोबारको सुविधा प्रदान गर्दै आएको जनाएको छ।
हाल बैंकले देशभर १९६ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
तपाईको प्रतिक्रिया