राजनीति
मृत्युदण्डको सजाय पाएकी शेख हसिना डिसेम्बर १६ मा स्वदेश फर्कने तयारीमा
मंगलबार मङ्सिर ८, २०८३/ Tuesday 11-24-26
काठमाडौं। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गरेकी छन्।
सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलनपछि सत्ता छाडेर भारत पुगेकी हसिनालाई मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको छ। बंगलादेश सरकारले उनको सुपुर्दगीका लागि भारतसँग मागसमेत गरिसकेको जनाएको छ।
हसिनाले भने अदालतको फैसला अस्वीकार गर्दै स्वदेश फर्किएर कानुनी लडाइँ लड्ने बताएकी छन्। बंगलादेशको विजय दिवसका अवसरमा फर्कने योजना बनाएकी उनले दिल्लीबाट ढाका फर्कन राष्ट्रिय ध्वजावाहक विमानको व्यवस्था मिलाउन प्रधानमन्त्री तारिक रहमानलाई आग्रह गरेकी छन्।
तर, स्वदेश फर्किएमा उनलाई पक्राउ गरी जेल चलान गरिने सम्भावना रहेको छ।
तपाईको प्रतिक्रिया