समाज
प्रधान सेनापति सिग्देलद्वारा रथीमा बढुवा भएका अनुपजङ्ग थापालाई दर्ज्यानी चिन्ह प्रदान
मंगलबार मङ्सिर ८, २०८३/ Tuesday 11-24-26
काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका अनुपजङ्ग थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । मन्त्रिपरिषद्को मङ्सिर ४ गतेको निर्णयअनुसार थापा रथीमा बढुवा भएका थिए ।
त्यसैगरी उपरथीमा बढुवा भएका मनोज थापा, सहायक रथीमा पदोन्नति भएका प्राविधिक महासेनानीहरू जगत शाह, पङ्कज रावल र शितल बानियाँलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
यस्तै, महासेनानीमा बढुवा भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया