खेलकुद
दशौँ राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै
बुधबार मङ्सिर ९, २०८३/ Wednesday 11-25-26
काठमाडौँ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज बुधबार पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ।
प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेल मंगलबारदेखि नै सुरु भइसकेका छन्। सोही क्रममा आज महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेलमा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताअन्तर्गत विभिन्न खेलका प्रतिस्पर्धाहरू उद्घाटन समारोहअघि नै सञ्चालन भइरहेका छन्।
तपाईको प्रतिक्रिया