राजनीति
नेपाली कांग्रेसको महाधिवेशनबाट निर्वाचित कार्यसमिति आयोगमा अध्यावधिक
बुधबार मङ्सिर ९, २०८३/ Wednesday 11-25-26
काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिक रूपमा अध्यावधिक गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिको विवरण अध्यावधिक गरिएको जानकारी दिएका हुन्।
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न भएको थियो। महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २० पदाधिकारीसहित २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो।
नयाँ कार्यसमितिलाई अध्यावधिक गर्न महामन्त्री प्रदीप पौडेलले कात्तिक १६ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए। उक्त निवेदनका आधारमा आयोगले कार्यसमितिको विवरण अध्यावधिक गरेको हो।
तपाईको प्रतिक्रिया