काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा सामान्य वृद्धि देखिएको छ। नेप्से परिसूचक ८.७० अंकले बढेर २६४७.६५ विन्दुमा पुगेको छ। बजारमा कारोबार रकम पनि बढ्दै ६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।
बुधबार बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत्, लगानी, जीवन बीमा, निर्जीवन बीमा, व्यापार र म्युचुअल फन्ड समूहका सूचक बढेका छन्। बाँकी तीन समूह भने घटेका छन्।
आज कुल ३५६ कम्पनीको सेयर कारोबार हुँदा १७० कम्पनीको मूल्य बढेको छ भने १०१ कम्पनीको मूल्य घटेको छ।
सेयर मूल्य बढ्नेमा मुक्तिनाथ कृषि कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीको मूल्य १०.९८ प्रतिशतले बढेको छ। यस्तै, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ३.३० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा हिमालयन ऊर्जा विकास कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको आज ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
तपाईको प्रतिक्रिया