आइतबार १३ मङ्सिर २०८३
खेलकुद

दशौँ राष्ट्रिय खेलकुद : आज नौ विधामा प्रतिस्पर्धा हुँदै

शनिबार मङ्सिर १२, २०८३/ Saturday 11-28-26

सुर्खेत।  दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज विभिन्न नौ खेल विधामा प्रतिस्पर्धा हुँदैछ। आजको खेल तालिकाअनुसार महिला क्रिकेट, पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस, कबड्डी, जिम्न्यास्टिक, फुलकन्ट्याक्ट कराँते र शारीरिक सुगठनका खेल सञ्चालन हुनेछन्।

प्रतियोगिताअन्तर्गत महिला क्रिकेट वीरेन्द्रनगर रंगशालामा तथा पुरुष क्रिकेट कालुञ्चोक मैदानमा हुनेछ। त्यसैगरी, पुरुष फुटबल मुख्य रंगशाला र महिला बास्केटबल वीरेन्द्रनगर रंगशालामा सञ्चालन हुनेछ।

यस्तै, टेनिस प्रतियोगिता बर्दियामा आयोजना हुनेछ भने कबड्डी मुख्य कबड्डी हल र जिम्न्यास्टिक मिनी कबड्डी हल सुर्खेतमा हुनेछ।

यसैगरी, फुलकन्ट्याक्ट कराँते सुर्खेतस्थित ब्याडमिन्टन कभर्डहलमा तथा शारीरिक सुगठन प्रतियोगिता रुकुम पश्चिमको चौरजहारीमा सञ्चालन हुने खेल तालिकामा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया