आइतबार १३ मङ्सिर २०८३
समाज

बाजुरामा ट्याक्टर दुर्घटना : मृतकको संख्या तीन पुग्यो

शनिबार मङ्सिर १२, २०८३/ Saturday 11-28-26

धनगढी। बाजुराको जगन्नाथ गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा घाइते भएकी थप एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

दुर्घटनामा ट्याक्टर चालकसहित पाँच जना घाइते भएका थिए। घाइते हुनेमा अछामको रामारोशन गाउँपालिका–४ का २१ वर्षीय ट्याक्टर चालक नवीन बोहरा तथा बाजुराको जगन्नाथ गाउँपालिका–३ मनिकाँडाकी ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया संगीता शाही र ५२ वर्षीया रामशरा देवी सिंह रहेका थिए।

गम्भीर घाइते रामशरा देवी सिंहको राति कोल्टीस्थित आधारभूत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उनको शव अस्पतालको शवगृहमा राखिएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका अन्य चार जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया