भक्तपुर–२ मा महेश बस्नेतलाई हराउँदै राजीव खत्री निर्वाचित
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी भएका छन्। उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत लाई ३१ हजार ३३८ मतान्तरले पराजित गर्दै सांसदमा निर्वाचित भएका हुन्।
शनिबार (फागुन २३) दिउँसोसम्म सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार खत्रीले ४२ हजार ३३४ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी बस्नेतले १० हजार ९९६ मत ल्याए।
त्यसैगरी नेपाली कांग्रेस का उम्मेदवार कविर राणाले ८ हजार ४०१ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का रमेश वैद्यले ३ हजार ७५६ मत पाए।
यस्तै नेपाल कम्युनिस्ट पार्टी का रामप्रसाद सापकोटाले १ हजार ३२३ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार विक्रम थापाले १ हजार २२४ मत पाएका छन्, निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
तपाईको प्रतिक्रिया