आइतबार २४ फाल्गुण २०८२
राजनीति

शंकर पोखरेललाई हराउँदै रास्वपाका विपिन आचार्य विजयी

शनिबार फाल्गुण २३, २०८२/ Saturday 03-07-26

दाङ । दाङ–२ बाट भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी का सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भएका छन्। उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल लाई २८ हजार २७५ मतान्तरले पराजित गरेका हुन्।

कुल ८२ हजार ६ मत खसेकोमा आचार्यले ४३ हजार ५५७ मत प्राप्त गरे भने पोखरेलले १५ हजार २८२ मत पाए।

यसैगरी नेपाली कांग्रेस का उम्मेदवार किरणकिशोर घिमिरेले ११ हजार २७७ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी का निर्मलकुमार आचार्यले ७ हजार ८१ मत ल्याएका छन्।

मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुनुअघि नै पोखरेलले आफ्नो पराजय स्वीकार गर्दै आचार्यलाई बधाई तथा शुभकामना दिइसकेका छन्।

तपाईको प्रतिक्रिया