चितवन। चितवन क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम ५९,२७७ मतसहित विजयी भएकी छिन्। उनको अग्रता ३८,६६२ मतको छ, जसले कांग्रेस–एमालेका उम्मेदवारको जमानत जफत गराएको छ।
निकट प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहाल ले २०,६१५ मत पाएकी थिइन्। कांग्रेसका टेकप्रसाद गुरुङ ८,३४४ र एमालेका शंकरराज थपलिया ५,०४ मतसहित पराजित भएका छन्।
२०७९ को निर्वाचनमा यस क्षेत्रमा राप्रपाका विक्रम पाण्डे विजयी भएका थिए; यसपटक राप्रपाका उम्मेदवार दीपक थापा मगर ले मात्र १,२२६ मत प्राप्त गरे।
तपाईको प्रतिक्रिया