काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट देखिएको छ भने चाँदीको भाउ भने यथावत् रहेको छ।
आइतबार प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको सुन सोमबार भने उल्टै ३ हजार ७ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ।
यसअघि आइतबार भने सुन प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने सोमबार परिवर्तन भएको छैन। आइतबार प्रतितोला ५ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही दरमा किनबेच भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस करिब ५ हजार ९८ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको बताइएको छ।
तपाईको प्रतिक्रिया