मंगलबार २६ फाल्गुण २०८२
राजनीति

बाजुरामा पूर्वमन्त्री शाहसहित पाँच उम्मेदवारको ज़मानत जफत

सोमबार फाल्गुण २५, २०८२/ Monday 03-09-26

बाजुरा । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै बाजुरामा पाँच जना उम्मेदवारको धरौटी जफत भएको छ। निर्वाचनमा प्रतिस्पर्धा गरेका आठ उम्मेदवारमध्ये सदर मतको १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको जमानत जफत भएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल ८७ हजार ८६१ मतदातामध्ये ४५ हजार २४२ मत खसेको थियो। त्यसमध्ये ४३ हजार ८९६ मत सदर र एक हजार ३४६ मत बदर भएका छन्। सदर मतको कम्तीमा १० प्रतिशत अर्थात् ४ हजार ३८९ मत नल्याए धरौटी जफत हुने प्रावधान छ।

निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार तथा सुदूरपश्चिमका पूर्वमन्त्री प्रकाशबहादुर शाहले ३ हजार ४२४ मत मात्रै प्राप्त गरेपछि उनको धरौटी जफत भएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका केशरबहादुर शाही (३५२), नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का भुपेन्द्र ल्वार (२३३), प्रगतिशील लोकतान्त्रिक पार्टीका डिककुमार डिसी (९७) र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही (७२) को पनि धरौटी जफत भएको छ।

 

तपाईको प्रतिक्रिया