काठमाडौँ । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी बालेन्द्र शाहले आफ्नो चुनाव खर्च विवरण सार्वजनिक गरेका छन्। जिल्ला निर्वाचन कार्यालयमा पेश गरिएको विवरणअनुसार उनले चुनाव अभियानमा कुल १४ लाख १४ हजार ७ सय २९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।
विवरणअनुसार गाडी भाडामा २ लाख ३३ हजार ५ सय, हवाई भाडामा ३५ हजार, मतदाता प्रशिक्षण कार्यक्रममा २६ हजार ९ सय ७० रुपैयाँ खर्च भएको छ। त्यस्तै वडास्तरीय प्रचार तथा घरदैलो अभियानमा ४ लाख ५० हजार, नमूना मतपत्र छपाइमा ४४ हजार ५ सय ५० रुपैयाँ खर्च गरिएको उल्लेख छ।
यसैगरी कार्यालय सञ्चालनका लागि पानी खर्च ९० हजार, स्टेशनरीमा २९ हजार ६ सय ७०, प्रचार सामग्री छपाइमा १ लाख ७५ हजार ३४ र प्रचार सामग्री ढुवानी तथा टिकटमा १ लाख १९ हजार ५ सय ५ रुपैयाँ खर्च भएको जनाइएको छ। उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ खर्च भएको विवरण शाहका प्रतिनिधि नवीन भण्डारीले जिल्ला निर्वाचन कार्यालयमा पेश गरेका हुन्।
तपाईको प्रतिक्रिया