मंगलबार २६ फाल्गुण २०८२
राजनीति

गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी

सोमबार फाल्गुण २५, २०८२/ Monday 03-09-26

गोरखा । गोरखा क्षेत्र नम्बर १ मा भएको निर्वाचनमा सुधन गुरुङ विजयी भएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार हुन्। अन्तिम मतपरिणामअनुसार उनले २९ हजार ८९६ मत प्राप्त गर्दै स्पष्ट अग्रता सहित जित हासिल गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी प्रेम खत्री, जो नेपाली कांग्रेस का उम्मेदवार हुन्, उनले १५ हजार ३९८ मत प्राप्त गरेका छन्।

त्यसैगरी तेस्रो स्थानमा हरिराज अधिकारी परेका छन्। नेपाल कम्युनिस्ट पार्टी का तर्फबाट उम्मेदवार रहेका उनले ११ हजार १२४ मत पाएका छन्।

चौथो स्थानमा रामचन्द्र लामिछाने रहेका छन्। नेकपा एमाले का उम्मेदवार उनले ३ हजार ७३२ मत मात्र प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया