काठमाडौं । काठमाडौंमा मंगलबार स्थानीय बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन २६ गते सुनको मूल्य प्रतितोला ३८ सय रुपैयाँले वृद्धि भएर तीन लाख १७ हजार रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार सुन प्रतितोला तीन लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ३१० रुपैयाँले वृद्धि भई पाँच हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला पाँच हजार ४१० रुपैयाँ रहेको थियो।
तपाईको प्रतिक्रिया