मंगलबार २६ फाल्गुण २०८२
राजनीति

अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक राहदानी

मंगलबार फाल्गुण २६, २०८२/ Tuesday 03-10-26

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्।

निर्वाचन सम्पन्न गराउन गठन गरिएको अन्तरिम सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका खनालले चुनाव सकिएलगत्तै उक्त राहदानी सम्बन्धित निकायलाई बुझाएका हुन्।

खनालले मन्त्रालयअन्तर्गतको प्रशासन महाशाखामा पत्रसहित कूटनीतिक पासपोर्ट फिर्ता गरेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानी नं डीए०००२७१० को प्रयोजन समाप्त भएकोले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु ।’

अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई अनुरोध गर्दै उनले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी फिर्ता गरेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया