मंगलबार २६ फाल्गुण २०८२
राजनीति

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

मंगलबार फाल्गुण २६, २०८२/ Tuesday 03-10-26

काठमाडौँ। नेपालमा सम्पन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानले नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ।

काठमाडौँस्थित पाकिस्तानी दूतावासका अनुसार पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दरले सन्देश जारी गर्दै नेपालका नागरिक र सरकारलाई हार्दिक शुभकामना व्यक्त गरेका हुन्।

उनले पाकिस्तानले नेपालसँग रहेको मित्रतापूर्ण सम्बन्धलाई निकै महत्वका साथ हेर्ने उल्लेख गर्दै दुई देशबीचको दीर्घकालीन मित्रतालाई आगामी दिनमा अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

सन्देशमा उनले आफ्ना समकक्षीसँग नजिकबाट सहकार्य गर्दै नेपालमा गठन हुने नयाँ सरकारसँग मिलेर द्विपक्षीय सहयोगका नयाँ सम्भावना विस्तार गर्ने तथा क्षेत्रीय शान्ति र समृद्धिका लागि संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया